नियम
समितिको काम, कर्तब्य र अधिकार

(१) समितिको काम, कर्तब्य र अधिकार देहाय बमोजिम हुनेछः—

(क) सार्वजनिक सडकको निमित्त नेपाल सरकारले प्राप्त गरेको जग्गाको मुआब्जा ऐन र यस नियमावलीको अधीनमा रही निर्धारण गरी नेपाल सरकार समक्ष सिफारिस पेश गर्ने,
(ख) कुनै जग्गाको मुआब्जा निर्धारण गर्नको निमित्त आवश्यक पर्ने विवरण त्यस्तो जग्गाको लगत रहेको कार्यालयबाट माग गर्ने,
(ग) जग्गाको मुआब्जा निर्धारण गर्ने प्रयोजनको लागि जग्गा प्राप्त गर्दाको मितिमा त्यस्तो जग्गाको प्रचलित मोल निर्धारण गर्न आवश्यक जाँच पडताल गर्ने,
(घ) मुआब्जा निर्धारण गर्न कुनै जग्गाको जाँच पडताल गर्न आवश्यक परेमा समितिको सदस्य वा अन्य कुनै व्यक्तिबाट जग्गाको जाँच पडताल गराउने,
(ङ) मुआब्जा निर्धारण गर्न आवश्यक पर्ने अन्य काम कारवाही गर्ने ।